

काठमाडौं / रङ दल्दै एकआपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व हो होली ।


विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा आज धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ ।


काठमाडौँ उपत्यकामा आज कलकारहरुले पनि मज्जाले होली खेलेका छन् । तस्बीर मुहारपुस्तीका बाट

