समाचार

साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण : परिचयपत्र कसरी र किन ?

काठमाण्डौं, अषाढ २४ । आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न यन्त्रको क्षमतावृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको छ । कार्ड उत्पादन सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित रुपमा हुँदै आएको Read More…

खेलकुद

हङकङलाई हराउँदै नेपाल च्याम्पियन, अब नेपालले एसिया कप खेल्ने

काठमाण्डौं, अषाढ २४ । हङकङलाई हराउँदै एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले उचालेको छ । मलेसियाको किन्नरा ओभलमा भएको फाइनल खेलमा नेपालले हङकङ्लाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले दिएको ९६ रनको लक्ष्य नेपपाली टोलीले १६.१ ओभरमा पुरा गर्‍यो। नेपालका लागि पवन शर्राफले ३९ रन बनाउँदा Read More…

खेलकुद

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्ने झापाली खेलाडीलाई विदाई

झापा, अषाढ २४ । एक नम्बर प्रदेशस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने झापाली खेलाडीलाई मंगलबार विदाई गरिएको छ । झापा जिल्ला खेलकूद विकास समितिले काँकरभिट्टामा कार्यक्रम आयोजना गरी ८३ सदस्यीय खेल टोलीलाई विदाई गरेको हो । हनुमान मन्दिर परिसरमा आयोजित सो कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाले खेलाडीहरुलाई शुभकामना दिए Read More…

राजनीति

वडा कार्यालयमा विप्लव समुहको आक्रमण, प्रहरी निरीक्षक गम्भीर घाइते

काठमाण्डौ, अषाढ २४ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको समूहले गेरुवा गाउँपालिकाको वडा कार्यालयमा आगो लगाएको छ । विप्लव समुहले लगाएको आगो निभाउन जाँदा प्रहरी निरीक्षक गम्भीर घाइते भएका छन् । मंगलबार बिहान गेरुवा गाउँपालिकाको ६ नम्बर वडा कार्यालयमा लागेको आगो निभाउँन जाँदा प्रहरी निरीक्षक यम बहादुर मल्ल गम्भीर घाइते हुनु भएको छ ।आगो निभाउने क्रममा Read More…

समाचार

पोखरीमा डुबेर नाबालिकाको मृत्यु

सिरहा, अषाढ २४ । पोखरीमा डुबेर सिरहाको औरही गाउँपालिका–५ बबनटोलीमा एक नाबालिकाको मृत्यु भएको छ । सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर स्थानीय भरत यादवको अढाई वर्षीया छोरी अन्सु यादवको मृत्यु भएको हो । पोखरीमा डुबेर सिकिस्त भएकी अन्सुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र औरही लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय Read More…

समाचार

भैंसेपाटी कारागारबाट थुनुवा भागेपछि प्रहरी तनावमा

काठमाण्डौं, अषाढ २४ ।  सोमबार मध्यरातमा भैंसेपाटी प्रहरी कारागारको थुनुवा कक्षको रेलिंग काटेर ३ थुनुवा फरार भएका छन् । फरार हुनेहरुमा शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना रहेका छन् । उनीहरुको खोजीमा अहिले राजधानीमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । रेलिंग काटेर भाग्नेमध्ये २ जना डाका मुद्दाका र एक जना लागुऔषदसँग सम्बन्धित Read More…