काठमाण्डौ, अषाढ २६ । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव्र) नेतृत्वको मेची–कोशी ब्यूरो सदस्यसहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको नमूना प्रस्तुत गर्ने नेतृत्वको सपना भएको बताए ।
पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरी आएका मेची–कोशी ब्यूरो सदस्य तथा झापा जिल्ला इञ्चार्ज सौगात आचार्यले हतियार नै उठाएर मात्र समाजवाद नआउने बताए ।

