काठमाण्डौं, कात्तिक ६ । जनकपुरमा एकजनाको गोली हानी हत्या गरिएको छ । जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको हो । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् । Read More…

