युवराज आचार्य
झापा, चैत १८ । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै गएकोले मानव सभ्यतालाइ नै चुनौती थपीएको छ । अहिले विश्वभरी सबैतिर कोरोना सन्त्रास छाएको छ । नेपालमा पनि ५ जनामा कोरोना संक्रमण भेटिइ सकेको छ ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट यतिखेर विश्वका २ सयबढी देशका ३७ हजार ७ सय बढि मानिसको मृत्यु भई सकेको छ । संक्रमितको संख्या ७ लाख ८४ हजार ३ सय ८१ पुगेको छ । संक्रमितमध्ये १ लाख ६५ हजार ३५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ५ लाख ८१ हजार ५ सय ६६ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये २९ हजार ५ सय ९७ को अवस्था गम्भीर छ ।
कोरोना संक्रमण हुँन नदिन मेचीनगर नगरपालिकाले पनि आफ्ना स्रोत साधन र जनशक्ति परिचालन गरेर संक्रमणलाई रोक्न कम्मर कसेर गरिरहेको छ । यस अघि नै कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले चैत २५ गते सम्म लकडाउन गरी सकेको छ ।
विश्वका मै हुँ भन्ने ठुला, शक्तिशाली र सम्पन्न देशहरुलाई पनि यस भाईरसले थला पारी रहेको छ । बेलैमा सचेत नबने हाम्रो जस्तो गरीब देशमा त झन ठुलो समस्या नआउला भन्न सकिदैन । त्यसैले सबै नागरिकलाई सचेतना जगाउदै स्वास्थ्य देखि लिएर अति विपन्न परिवारलाई खाद्यन्न समेतको ब्यवस्थामा मेचीनगर लागि परेको कोरोना भाइरस नियन्त्रण समिति मेचीनगर सचिव अनन्त प्रकाश वस्तीले जानकारी दिए ।
यस अभि नै नगर प्रमुख विमल आचार्यले केही पनि नगरबासी खना नपाएर मनुपर्ने अबस्था नआउने बताइ सकेका छन् । उनले परिस्थिती र आबश्यकता अनुशार सबै ब्यबस्था मिलाउने बताउदै नगरबासीका हरेका समस्याको समाधान गर्न नगरपालिका सक्षम रहेको पनि वताएका थिए ।
मेचीनगरले कोरोना सम्बन्धी अगाडी बढाएका कार्यक्रमहरु यस्ता छन् ।







