विविध

विपन्नका सारथी बालकृष्ण

झापा, चैत १८ । विपन्नका सारथी बन्दै दुःखमा परेका विपन्न परिवारलाई आवश्यक पर्दा दिल खोलेर सहयोग गर्ने नाम हो बालकृष्ण थापा । मेचीनगर–६ काँकरभिट्टाका यूवा व्यवसायी थापाले अहिले ज्यालादारी बन्द भई समस्यामा परेका मजदुर तथा विपन्न परिवारहरुलाई सोमबार खाद्यन्न वितरण गरेका छन् ।

उनले ज्यालादारी गरेर जेनतेन दुई छाक टार्दै आएका मेचीनगर ६ का एक सय ६० बढी विपन्न परिवारलाई १० १० केजी आलु र चामल वितरण गरेका छन् ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले चैत २६ गते सम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाउदै लकडाउन गरेको छ ।

यसले दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुर परिवारलाई अहिले काम नहुदा दैनिकरुपमा विहान–बेलुकाको छाक र्टान मुस्किल परेकाले उक्त खाध्यान्न सामाग्री वितरण गरिएको थापाले बताए ।

Leave a Reply

Your email address will not be published.