काठमाडौं, बैशाख ६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण भारतमा मुत्यु हुनेको संख्या ५ सय नजिक पुगेको छ । नयाँ ३८ जनाको मृत्यु भएसँगै शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिए संगै भारतमा संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । अहिलेसम्म २ हजार ४१ जनाले उपचार गराएर घर फर्किएका छन् भने ११ हजार ८२५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

