काठमाडौं, बैशाख १३ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति अन्तर्गतको कार्यदलले लकडाउन एक हप्ता बढाउन सिफारिस गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको शनिवार बसेको बैठकले लकडाउन एक हप्ता बढाउन उच्च स्तरीय समितिमा सिफारिस गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार दिउँसो बसेको बैठकले लकडाउनको मोडालिटी टुंगो लगाउन Read More…
Day: April 25, 2020
प्रदेश १ मा पाँच हजार बढीको कोरोना परीक्षण, ३० जनामा कोरोना संक्रमण
विराटनगर, १३ बैशाख । प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको Read More…
कोरोना विरुद्ध सबै एक भएर लाग्नु पर्ने: मुख्यमन्त्री राई
विराटनगर, बैशाख १३ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताउनुभएको छ । आज कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो । कोरोना प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुख्यमन्त्री राईले त्रसित नभई बस्न आग्रह गर्नुभएको छ । तपाईहरुको साथमा प्रदेश सरकार छ, Read More…
कोरोना अपडेट: नेपालमा ३९ हजार ६ सय ७० जनाको आरडिटी जाँच
काठमाडौं, बैशाख १३ । हालसम्म पिसिआर विधिबाट ९ हजार ६ सय ६५ वटा परिक्षण सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार भएको नियमित पत्रकार सम्मेलनमा हालसम्म ३९ हजार ६ सय ७० जना मानिसमा आरडिटी जाँच गरिएको जानकारी दिईयो । त्यस्तै गत २४ घण्टामा १४४५ वटा आरडिटी परीक्षण भएको छ । योसँगै हालसम्म Read More…
लकडाउन तत्काल खुकुलो नहुने
काठमाडौं, बैशाख १३ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिले तल्कालै लकडाउन खुकुलो बनाउने अवस्था नरहेको निष्कर्ष निकालेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको र देशका विभिन्न भूभागमा प्रभाव देखिएको भन्दै तत्काल लकडाउन खुकुलो बनाउन नहुने समितिको निश्कर्ष रहेको छ । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको Read More…
कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल, एक स्थान सुधार भयो
काठमाडौँ, बैशाख १३ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूची (लेभल ३)मा झारेको छ । कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘हामी पहिले लेभल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ । Read More…
विद्यालयतहको वार्षिक परीक्षाको नतिजा एक साताभित्र आउने
झापा, बैशाख १३ । कोरोना भाइरस कोभिड– १९ को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल पार्ने भएका छन् । विद्युतीय माध्यमबाट पठनपाठन अगाडि बढाउनका लागि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आगामी सातासम्म दिने गरी तयारी गरिएको छ Read More…
डब्ल्युएचओको टोली कोरोना प्रभावित क्षेत्र उदयपुरमा
काठमाडौं, बैसाख १३ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को टोली उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा पुगेको छ । २८ जना सङ्क्रमित पुष्टि भएको भुल्केमा विश्व स्वास्थ्य संगठनको टोली पुगेको हो । कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेलको नेतृत्वमा टोली उदयपुर पुगेको हो । यसअघि स्वास्थ्य सेवा विभाग टेकुका इपिडिमियोलोजी तथा रोग नियन्त्रण Read More…
कोरोनाका बिरामी भेटिएपछि दमक सिल
झापा, बैशाख १३ । झापाको दमकमा एक वृद्धामा कोरोना पोजेटिभ देखिएपछि दमकको केही भाग सिल गरिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले सिल गर्ने निर्णय गरेको छ । शुक्रवार राती बसेको आपत्कालीन बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्नुपर्ने भएकाले दमक नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ Read More…
आजको मौसम: आंशिक बदली चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं, बैशाख १३ । अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट समेत जलवाष्पयुक्त हावा नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा सामान्य बदली रही वाँकी भू–भागमा आंशिक बदली रहेको छ। आज दिउँसो पश्चिमी भू–भाग तथा मध्य र पूर्वी पहाडी भू–भागमा सामान्य बदली रही वाँकी भू–भागमा Read More…









