स्वास्थ्य

कोरोना अपडेट: नेपालमा ३९ हजार ६ सय ७० जनाको आरडिटी जाँच

काठमाडौं, बैशाख १३ । हालसम्म पिसिआर विधिबाट ९ हजार ६ सय ६५ वटा परिक्षण सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार भएको नियमित पत्रकार सम्मेलनमा हालसम्म ३९ हजार ६ सय ७० जना मानिसमा आरडिटी जाँच गरिएको जानकारी दिईयो । त्यस्तै गत २४ घण्टामा १४४५ वटा आरडिटी परीक्षण भएको छ । योसँगै हालसम्म ४९ हजार ३ सय ३६ वटा परीक्षण सम्पन्न भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार १ सय ६० वटा, प्रदेश २ मा ५ हजार ४४ वटा, बाग्मती प्रदेशमा ७ हजार ४ सय ६७ वटा, गण्डकी प्रदेशमा ४ हजार ८ सय ७१ वटा, प्रदेश ५ मा २९५० वटा कर्णली प्रदेशमा ४९७४ वटा, सुदूरपश्चिम प्रदेशमा १० हजार २ सय ४ वटा परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्मको विवरण अनुसार हालसम्म नेपालमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाईनमा छन् । आईसोलेसनमा बस्नेको संख्या ८७ रहेको छ । काठमाडौंमा ३ र बाहिर जिल्लामा ८४ जना आईसोलेसनमा बसी उपचार लिइरहेका छन् ।

हालसम्म नेपालमा ४९ जना संक्रमित भेटिएकोमा १२ जना निको भएर घर फर्केका छन् । संक्रमितमध्ये एकजनाको धनगढीम, ५ जना विराटनगरमा, १ जना भरतपुरमा, ३० जना विराटनगरमा उपचाररत छन् । ति सबैको अवस्था सामान्य छ । उनीहरुको विशेष निगरानीमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरस ‘कोभिडको कारण मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ८ सय ४६ पुगेको छ भने २८ लाख ४५ हजार ८ सय ५९ जना संक्रमित छन् । तिमध्ये ५८ हजार ३ सय ३ जना गभ्रि बिरामी छन् । हालसम्म निको भएर घर फर्किनेको संख्या ८ लाख ११ हजार ६ सय ८७ रहेको छ ।

Leave a Reply

Your email address will not be published.