स्वास्थ्य

पदको सहि सदुपयोग गर्दै झापामा चम्किदै हल्दिबारीका उपाध्यक्ष डम्बर गिरी

झापा, मंसीर १५ । झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ बस्ने गंगा महतोका छोरा बर्ष ३५ का अनिल महतो बिगत १ बर्ष अगाडि देखि मुटु सम्बन्धी रोगले ग्रसित भएका थिए । उनको परिवार उपचारका क्रममा झापा स्थित विभिन्न अस्पताल पुगे तर उनको समस्यामा केही सुधार भएन त्यस पश्चात् उनको परिवारले यो विषयमा हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीलाई जानकारी गराए । उपाध्यक्ष गिरीको पहलमा काठमाडौ स्थित शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र मा उनको निशुल्क उपचार हुने कार्य को पहल भयो ।मुटुको भ्वालमा किरा पर्न सुरु भइ सकेका महतो करिब आठ महिना उपचाररत रहे हाल अनिल महतोको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भई रहेको छ । अहिले उनी घरमै बसेर आराम गरिरहेका छन्।यो भन्दा अगाडि पनि गिरीले धेरै मृत्यु सग लडेका व्यक्तिहरु लाई पुर्नजिबन दिएका छन । तेस्तै गत साल हल्दिबारी गाउँपालिकको युबा तथा खेलकुद बिकास परिषद ले आयोजना गरेको वडा स्तरीय फुटबल प्रतियोगितामा खेलको क्रममा मैदानमा खेल खेल्दै गर्दै घाइते भएका वडा नं ४ का खेलाडी सन्तोष मान्देन लाई पनि काठमाडौको ट्रमा सेन्टर मा निशुल्क आफै गएर उपचार गराएर पुर्न जीबन दिएका थिए।

अनिल महत्तो भन्छन् ( उपाध्यक्ष गिरी मेरो लागि भगवान् जस्तै हो। मलाई झन्डै एक बर्ष अगाडिदेखि मुटुमा समस्या देखिएको रहे छ । शरिरमा तेस्तो खासै केही नभए पनि सामान्य ज्वरो आउने टाउको दुख्ने क्रम जारी थियो तर म निकै ठूलो समस्या ले ग्रसित भएर मुत्यु को मुखमा आइ सकेको रहे छु । मैले पुर्नजिबन पाएको छु ू उपाध्यक्ष ड्म्बर बहादुर गिरी मेरो लागि भगवान् जस्तै हो। ू ,मेरो मुटुको भ्वालमा समस्या भए छ ,मलाई झापा का विभिन्न अस्पताल हरु वि।एण्ड।सि। अस्पताल बिर्तामोड र नोवेल अस्पताल विराटनगर लगायतका अन्य अस्पतालमा निकै पटक चेक जाँच गराए यहाँ उपचार गर्न नसके पछी म तुरुन्तै हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरीको सल्लाहमा काठमाडौको शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र जाने सल्लाह दिनु भयो,म लक डाउनको कारण जान सकिन,मेरो खुट्टा दिनानुदिन सुनिन थाल्यो त्यस पछि जिउ तिर पनि असर गर्ने थालेको थियो,म अब बाच्दिन होला भन्ने सोचमा थिए,म जसो तसो गरेर काठमाडौ शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगे अनि बेलुका म होटलमा आएर उपाध्यक्ष डम्बर गिरी लाई फोन मार्फत सबै कुरा राखे उहाँले चिन्ता नलिनु जे जे पर्छ म छु।भन्नू भयो र भोलि पल्ट फेरि अस्पताल गए,खास कुरा त मेरो मुटुको भ्वालमा किरा परेको रहेछ।फेरि रिपोर्ट हेरे मलाई फर्काउनु भयो म रुदै घर फर्किने तयारीमा थिए,भोलि पल्ट बिहान गाडी चड्ने तयारीमा होटलमा गएर टिकट गरि सकेको थिए,घर आउने जानकारी उपाध्यक्ष डम्बर गिरी लाई गराए १० मिनेट पछि फोन गर्छु पर्खनु भन्नू भयो त्यस पछि झन्डै १० मिनेट पछि काठमाडौ को नम्बर बाट फोन आयो र भोलि आठ बजे अस्पताल आउनु भन्नू भयो र म टिकट क्यानसिल गरेर भोलि पल्ट अस्पताल गए,मलाई फोन गर्ने अनेरास्ववियु को पुर्ब अध्यक्ष किशोर बिक्रम मल्ल हुनुहुदो रहेछ,उहाँ त्यस अस्पतालको बोर्ड सदस्य पनि हुनुहुदो रहेछ,उहाँले तपाईं डम्बर जि को साथी हो,भन्नू भयो मैले हो भने उहाँले आफै अघि सरेर मलाई अस्पताल भर्ना गरेर बिचबिचमा भेट्न आइ रहनु भयो,म लामो समय त्यही अस्पताल बसेर उपचार गरेर अहिले घर फर्किएको छु,वास्तवमा उपाध्यक्ष डम्बर गिरी न भएको भए म सायद मरि सकेको हुन्थिए होला।म सगै पढेको साथी पनि हो,गिरी आज म साथीको पहलकदमीले बाचेको छु,मेरो निशुल्क उपचार पनि भयो,आज मलाई १० लाख भन्दा माथि खर्च हुने कुराबाट पनि बचेको छु र मेरो जीवन पनि बचेको छ,म मेरो उपचार मा खटिनु हुने हस्पिटल प्रशासन ,डाक्टर हरु , किशोर बिक्रम मल्ल र उपाध्यक्ष डम्बर गिरी लगायत सबैलाई धन्यवाद दिन चाहान्छु ।