राजनीति

अनेरास्ववियु झापाले पायो पूर्णता

झापा, मंसीर १५ । पार्टी एकता भएको लामो समयसम्म पनि हुन नसकेको भातृ संगठनको एकतालाई झापा अनेरास्ववियुले पूर्णता दिएको छ ।

अनेरास्वियु र अनेरास्वियू (क्रान्तिकारी) बीचको एकता प्रक्रियाले पूर्णता पाएको हो । जिल्ला कमिटी, क्याम्पस इकाइ कमिटीहरु, १५ ओटा स्थानीय तहहरुको जिम्मेवारी बाडाफाड सम्पन्न भएको अनेरास्ववियु झापाका संयोजक अनिल सुबेदीले जानकारी दिए ।

६१ सदस्य नवगठित कमिटीको संयोजकमा अनिल सुबेदी र सहसंयोजकमा दुर्गा धमला रहेका छ्न् । सात सदस्यीय जिल्ला कार्यालय कमिटी पनि गठन गरिएको सहसंयोजक दुर्गा धमलाले जानकारी दिए ।

कर्यालय सदस्यहरुमा अनिल सुबेदी, दुर्गा धमला, रन्जन धमला, नबिन सिटौला, समर्पण खतिवडा, राजेश कार्की, रोशन भण्डारी रहेका छन् । २१ सदस्यीय सचिवालय गठन गरिएको संयोजक सुवेदीले बताए । झापा जिल्लाका मुख्य क्याम्पसहरुमा समेत संयोज र ससंयोजक तोकिएको छ ।

मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, शिवसताक्षी नगरपालिका, हल्दिवारी गाउँपालिका, बुद्धशान्ति गाँउपालिका, कचनकवल गाँउपालिका, गौरीगञ्ज गाँउपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका, बाह्रदर्शी गाँउपालिका, झापा गाँउपालिकामा समेत संयोजक सहसंयोजक तोकिएको सुवेदीले जानकारी दिए ।