समाचार

पूर्वी नाका काँकरभिट्टामा भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ निषेध

झापा, पुष ६ । पूर्वी नाका काँकरभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ । अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताए ।

मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजश्व गस्ती टोलीको संयुक्त पहलमा आईतबार (आज) मात्र पार्किङ गरेर राखिएका ५० गाडीलाई हटाइएको छ ।

भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडी पार्किङ हुँदै आएका थिए । यसअघि सुविधा तिरेर बस्दै आएका भारतीय नम्बर प्लेटका गाडीले यात्रु झार्ने बित्तिकै नाकाबाटै फर्किनुपर्ने छ । अटेर गरेमा कारवाही हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published.