विविध

नेपालमा इन्टरनेट: घरमा सस्तो, मोबाइलमा महँगो

काठमाण्डौं, चैत २४ । विश्वका २३० देशको इन्टरनेट मूल्यबारे गरिएको एउटा अध्ययनले नेपालमा ब्रोडब्यान्ड इन्टरनेट र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ।

इन्टरनेट मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले सस्तो ब्रोडब्यान्ड इन्टरनेट हुने देशको सूचीमा नेपाल चौधौँ स्थानमा रहेको देखाएको छ।

तर मोबाइलमा चलाउने इन्टरनेटको मूल्यको सूचीमा भने नेपाल पैँतालिसौँ स्थानमा रहेको छ। यो मूल्य माल्दिभ्सपछि एक्षिण एशियामा दोस्रो महँगो हो।

इन्टरनेट सेवा प्रदायक भायानेटका विनय बोहरा भन्छन्, ब्रोडब्यान्ड इन्टरनेटमा तीव्र प्रतिस्पर्धाका कारण हामीले लिने फाइदा सीमित छ।

नेपालमा डेटाको मूल्य ब्रोडब्यान्ड भन्दा महँगो हुनुको मुख्य कारण दूरसञ्चार सेवाप्रदायक कम्पनीको सङ्ख्या सीमित हुनुलाई मानिन्छ।

नेपालमा हाल पाँचवटा दूरसञ्चार सेवाप्रदायक कम्पनी ‍सञ्चालनमा छन्।तर तीमध्ये नेपाल टेलिकम र एनसेलको मात्र देशैभरि सञ्जाल रहेका छन्।

Leave a Reply

Your email address will not be published.