देबु बानियाँ
मेचीनगर, मंसीर १४ । नेपाल जेसीजको २०२१ का लागि हुन लागेको आशन्न निर्वाचनमा १७ पदमा ६७ जनाको उम्मेदवार परेको छ ।
जेसीजको विधान अनुसार निर्वाचनको मिति भन्दा २ महिना अघि नै नेपाल जेसीजको सचिवालयमा उम्मेदवारहरुले मनोनय दर्ता गरिसक्नु पर्ने हुन्छ । जस अनुसार परेको मनोनयमा विभिन्न पदमा ६७ जनाको उम्मेदवारी परेको सचिवालयले जनाएको छ । जसमा १ जना अध्यक्षका लागि ७ जना, ४ जना राष्टिय कार्यकारीणी उपाध्यक्षका लागि १७ जना र १२ जना राष्टिय उपाध्यक्षका लागि ४३ जनाले मनोनय दर्ता गरेका छन् । नेपाल जेसीजको इतिहासमा यति धेरै उम्मेदवारहरुले मनोनय दर्ता गरेको यो पहिलो हो । सबै उम्मेदवारहरुको यहि मंसिर १५ गतेबाट काठमाडौँमा उम्मेदवार तालिम सुरु हुँदैछ । उम्मेदवार तालिममा सहभागि नहुने व्यक्तिको उम्मेदवारी स्वत खारिज हुने विधान रहेको छ ।
अध्यक्षका लागि बीसहजार जेसीजबाट अरुणेश्वर खनाल, काभ्रे जेसीजबाट सिनेटर विकास मानन्धर, नुवाकोट जेसीजबाट सिनेटर रविन पोखरेल, त्रिभूवननगर जेसीजबाट लालमणी भण्डारी, हेटौडा लेडी जेसीजबाट शोभा खरेल, गैडाकोट जेसीजबाट गोकुल सापकोटा र विराटनगर जेसीजबाट श्यामसुन्दर पौडेल (मिलन) ले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
यसैगरी कार्यकारीणी उपाध्यक्ष पदमा पाटन जेसीजका सुमनकृष्ण श्रेष्ठ, भकुण्डेबेसी जेसीजकी सिनेटर रुकमण िसिग्देल, बालकोट जेसीजकी रमा प्याकुरेल, नवलपुर जेसीजका कृष्ण प्रसाद अर्याल (केपी), रामनगर जेसीजका भोजराज चापागाई, हेटौडा जेसीजबाट सिनेटर अरुणकुमार दाहाल, थालकोट जेसीजका मोहन डाँगीले मनोनय दर्ता गर्नु भएको छ । यसैगरी गीतानगर जेसीजका अशोक कोइराला, नाल्दुमनगरकोट जेसीजकी मन्जु शाह ठकुरी, दुवही जेसीजकी सिनेटर कञ्चन झा, मलंवा जेसीजका अनवर हुसेन, टंकीसिनवारी जेसीजकी मञ्जरी घिमिरे, सौराह जेसीजका शिवप्रसाद भुषाल, पाटन लेडी जेसीजकी सुमित्रा शर्मा, काठमाडौँ जेसीजका मुकुन्द दाहाल, भलवारी जेसीजका गोविन्द पंगेनी र विरता जेसीजका विशाल थापाको कार्यकारीणी उपाध्यक्ष पदमा उम्मेदारी परेको छ ।
यसैगरी राष्टिय उपाध्यक्ष पदमा अभिशेक दुलाल (सितापाइला जेसीज), सुनिल तिम्सिना(तरहरा जेसीज), भाष्कर भट्टराई (अर्जनुधारा जेसीज), सुजन बरुवाल (म्याग्दी जेसीज), कल्पना पाण्डे कुसुम(बुटवल लेडी जेसीज), सन्तोष चम्लगाई, (चक्रग्ट्टी जेसीज), गणेशप्रसाद भट्टराई (इन्द्रपुर जेसीज), विमल ज्ञवाली (सैनामैना जेसीजं, राजनी थापा (मनोहरा जेसीज), डिल्लीराम पोखरेल (भद्रपुर जेसीज), पायल शर्मा (लमजुंग जेसीज), मोहन ढुंगाना (लम्की जेसीज), गौतम शाह (जनकपुर जेसीज), शिवराज घिमिरे (विरेन्द्रनगर जेसीज), तुलसा भुषाल (भैरहवा लेडी जेसीज) को उम्मेदवारी परेको नेपाल जेसीजका महासचिव टेकराज रेग्मीले बताउनु भयो ।
यसैगरी कुमारसिंह सावाँ (शिवसताक्षी जेसीज रुपेश भट्टराई (कपन जेसीज), वीरसिंह महरा (फुलवारी जेसीज), मुकेश सिंह (विरगञ्ज जेसीज), सोनितराज ढुंगेल इमाडोल जेसीज), सन्दिप अग्रहरी (रामग्राम जेसीज), विमला सुवेदी (दुहवी जेसीज), मिजास पोखरेल (वीरता जेसीज), उत्तमप्रसाद पकुवाल (चारआली जेसीज), गोपाल खड्का (रामेछाप जेसीज), सरोज अधिकारी ( बसामाडी जेसीज), प्रमिशा काफ्ले ( सारदानगर जेसीज), जीवन श्रेष्ठ (ठिमी जेसीज), प्रकाश पौडेल (दैलेख जेसीज), अनोज जोशी (नारायणगढ जेसीज), नरेन्द्र महर्जन (कीर्तिपुर जेसीज), योगीराज अधिकारी (चम्पापुर जेसीज), सुरेश कार्की (धनकुटा सिटी जेसीज), किरण न्यौपाने (गोदावरी जेसीज), नरदेव न्यौपाने (बुटवल जेसीज), केशव अधिकारी (देवदह जेसीज), प्रज्जवलकुमार श्रेष्ठ (नेपालगञ्ज जेसीज), राजन गौतम (राजहर जेसीज), खड्गबहादुर राना (देवचुली जेसीज) हरिश भट्ट (महेन्द्रनगर जेसीज) र सुबास पोखरेल (रत्ननगर जेसीज) ले उपाध्यक्ष पदमा मनोनय दर्ता गरेका नेपाल जेसीजका कार्यालय प्रमुख प्रभात श्रेष्ठले बताए ।
निर्वाचनका लागि बोर्ड बैठकले नेपाल जेसीजका पूर्व अध्यक्ष लेखराज भट्टलाई निर्वाचन आयुक्तमा मनोनित गरेको छ । महाधिवेशन भलबारी जेसीजको आतिथ्यतामा हुन लागेको हो ।

