स्वास्थ्य

मेचीनगरमा रक्तदान आज

झापा, बैशाख १९ । मेचीनगर–७ मा रहेको प्यारीभिट्टा यूवा क्लबले शुक्रबार (आज) रक्तदान कार्यक्रम आयोजना गर्दै छ । रेडक्रस शाखा झापाको प्राविधिक सहयोगमा मेचीनगर–७ स्थित प्यारीभिट्टा नँया बसपार्कमा बिहानको ११ बजे देखि रक्तदान कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

अहिलेको बिषम् परिस्थितिमा रगतको चरम अभाव भई रहेको छ । त्यसलाई थोरै भए पनि परिपूर्ती गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरीएको कार्यक्रम संयोजक राजु सिवाकोटीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको नियन्त्रण एवम् सुरक्षार्थ सरकारले जारी गरेको लकडाउनलाई ध्यानमा राख्दै रक्तदान जिवनदान भन्ने उदेश्यले बन्दाबन्दी कै बिच पनि रक्तदान कार्यक्रम आयोजना गरीएको क्लबका अध्यक्ष मुक्ती काफ्लेले बताए ।

Leave a Reply

Your email address will not be published.