स्वास्थ्य

थप एक जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाडौं, जेठ २३ । कोरोनाका कारण थप एकजनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९स्थित जनता माविमा रहेको क्वारेन्टिनमा रहेका सुर्खेत हाँसेगाउँ निवासी २० वर्षीय पुरुषको आरडीटी चेक गर्दा नेगेटिभ आएको थियो । त्यसलगत्तै उनलाई घर पठाइएको थियो ।

बिहीबार बिहानै उनको मृत्यु भएको थियो । त्यसलगत्तै उनको स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो । त्यहाँ कोरोना पोजेटिभ आएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीसहित कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.