
मोरङ – सुनसरी–मोरङ औद्योगिक करिडोरका दर्जनौँ उद्योगका बिजुलीको लाइन विद्युत प्राधिकरणले काटिदिएको छ ।

प्राधिकरणलाई तिर्न बाँकी शुल्क नबुझाएपछि विद्युत प्राधिकरणले झण्डै ६० उद्योग तथा फर्मको बिजुली कटौती गरेको हो । बिजुली काटिएका उद्योगमा स्वस्तिक फुटवेयर, स्वस्तिक पोलिमार, श्रीराम आइरन, श्रीजी वायर्सलगायत छन् ।

