मनोरञ्जन

सुनील र सुनिताको “शीरैमा शीरबन्दी” बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

युवराज आचार्य
झापा, साउन ३२ ।
सुमधुर स्वरका धनी गायक सुनील राई र सुनिता थेगिमको “शीरैमा शीरबन्दी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली सांगितिक आकाशमा छुट्टै पहिचान बनाउन सफल गायका तथा संगितकार सुनील र पछिल्लो समयकी चर्चित गायिका सुनिताले ‘आरएस इन्टरटेनमेन्ट’ नामक युट्युब च्यानल मार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि गीत संगीतको साधनामा अनवरत लागि रहेका गायक सुनीलले नै सो गीतमा स्वर संगै संगीत पनि आफैले भरेका छन् । गीतमा रोवर्ड सिप्तुङ्खा राईको शब्द रचना रहेको छ ।

त्यस्तै इशक जवेगुले खिचेको भिडियोको गीतलाई किशोर थापाले मिक्सिङ गरेका छन् । गायक सुनील र सुनिताले अभिनय गरेका म्यूजिक भिडियो काठमाडौँमा छायांकन गरिएको हो ।

भर्खरै सार्वजनिक भएको सो म्यूजिक भिडियोमा विशेष गरी सोल्टी र सोल्टिनीको माया प्रेमलाई समेटिएको छ ।