


काठमाडौं, मंसीर ७ । पूर्वराजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतवार आजदेखि अवलोकन गर्न पाइने भएको छ ।
शनिबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई ‘श्री सदन’ अवलोकनको औपचारिक शुभारम्भ गरेका छन् । आइतवारदेखि सर्वसाधारणले समेत अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
श्री सदनमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्थे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द छ ।









