खेलकुद

प्रिमियर लिग: लिभरपुलद्वारा सिटी पराजित

काठमाण्डौ, मंसीर ८ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ ।

आज बिहान भएको खेलमा लेस्टर सिटीलाई हराएको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९ खेलमा २० अंक छ । लिभरपुलसँग हारेको लेस्टरको ९ खेलमा १८ अंक छ । लेस्टर अंक तालिकाको चौथो स्थानमा रहेको छ । टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै गएराति भएको खेलमा वेष्ट ह्यामले सेफिल्ड युनाइटेडलाई १-० र एभर्टनले फुलह्यामलाई ३२ गोल अन्तरले पराजित गरेका छन् । अर्को खेलमा आर्सनल र लिड्स युनाइटेड बराबरी खेलेका छन् ।