
खगेन्द्र घिमिरे
झापा, जेष्ठ १५ । कुनै समय झापामा कलाकारिता क्षेत्रमा तुलसी घिमिरेको उपनाम पाएका चलचित्र निर्देशक रबिन श्री पूर्वमा परिचित नाम हो । झापामा रहेर कलाकारिता सँगै चलचित्र पत्रकारिता क्षेत्रमा अव्वल रहेका रबिन श्रीले बिभिन्न चलचित्र निमार्ण गरेका थिए । सम्बन्ध,जन्मदिन जस्ता चलचित्र साथै पाच दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका श्री अहिले राजधानी काठमाडौमा जमेका छन् । उनी कलाकार मात्र नभएर पत्रकार समेत हुन । टेलिभिजनमा कार्यक्रम संचालन साथै बिभिन्न मिडियाहरुमा संलग्न श्री अहिले काँचुली चलचित्रमा आफ्नो प्रस्तुती देखाउँदै छन् ।
बिजि बर्माको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र ‘काचुँली’ मा मूख्य खलनायकको भूमिकामा रहेका छन् । चलचित्रमा बिशेष गरि समाजमा घट्ने बलत्कार हिंसा जस्ता घटना देखाउन खोजिएको छ । यो चलचित्रमा श्रीले आफु रोमान्स मोडको रुपमा प्रस्तुत गरेका छन् । नारी सँग उनको नजिक पन देखाउन भूमिकामा उनले आफुलाई प्रस्तुत गरेका छन् । सो चलचित्रको मुहूर्तसँगै छायांकन आरम्भ भएको छ ।
आज काठमान्डौँको यु एन पार्कमा शुभ साइत गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्देशक शंकर अधिकारी धायलले बताए । शंकरले यसअघि ‘सत्यम शिवम सुन्दम’ नामक चलचित्र निर्देशन गरेका थिए ।
चलचित्रमा बास्तविक जिवन भोगाईलाई समेटिने भएको छ । जसरी सर्पले समय र परिस्थिती काचुली फेर्छ त्यसै गरि मानिस ले रङ फेर्छ । शुभेच्छा थापा,अस्मि थापा , शुबास गजुरेल,राजन महर्जन ,रिजन बिशुन्खे,राजन श्रेष्ठ ,असिम थापा,अन्जना ज्योती ,भुमा सापकोटा,आर जे भिलेन, टेकराज शर्मा,मिलन तामङ,गोबिन्द लामा,धनराज सुब्बा,राजु पौड्याल ,रबिन श्री लगायतको अभिनय रहने भएको छ । मुख्य सहायक निर्देशक अशोक थापाको छ । संगीत ,राजेन्द बजगाईँ, बाबुल गिरी,शंकर अधिकारी घायालको रहने भएको छ । चलचित्रको गीतमा नित्याशिवा,राजेन्द्र बजगाईँ,शम्भु रैका आवाजमा गीत रहने भएको छ ।शुशिल डाँगीको छायांकन सुशील ,राजन महर्जनको नृत्य रहन्े निमार्ण पक्षले बताएको छ । आगामी मंसिरमा चलचित्रलाई प्रर्दशन गरिने चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताए ।

