
झापा, जेष्ठ १५ । १२ औं गणतन्त्र दिवसको अवसर पारेर झापाको सदरमुकाममा बुह्त कार्यक्रम आयोजना भएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समितीको आयोजनामा भएको कार्यक्रममा विभिन्न जातजातिका झाकी सहितको संस्कृति झल्कने नित्य सहितको सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाका पाच सय बढी जनसहभागिता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य ओम सरावगी, भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्दा श्रेष्ठ, कन्काइ नगरपालिका प्रमुख राजेन्द्र पोख्रेल, गौरादहकी उपप्रमुख गिता भेट्वाललगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनक राज दाहाल , सहायक प्रमुख जिल्ला अधुकारी माधव पोख्रेल नेपाल प्रहरी जिल्ला प्रमुख दिनेश मैनाली सशस्त्र प्रहरी जिल्ला प्रमुख रेशम थक्सु जिल्ला समन्वय अधिकारी महेन्द्रनाथ भट्टराई जिल्ला स्थित कार्यलयका कार्यलय प्रमुखहरु राजनितिक दलका प्रतिनिधि नेकपा झापा सचिव मणि कुमार साम्पाङ, जिल्ला कमिटि सदस्य तथा भद्रपुर इन्चार्ज अशारु राजबन्शी, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापती गणेश पोख्रेल लगायतको आथित्यता रहेकोगणतन्त्र दिवस जिल्ला समारोह समितीका अध्यक्ष सोमनाथ पोर्तेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य भद्रपुर नगर प्रमुख जीवन कुमार श्रेष्ठ र सञ्चालन सुदर्शन बरालले गर्नु भएको थियो ।

