संघ \संस्था

प्रवासी झापाली सम्पर्क मन्च नेपालले गर्यो शुभकामना आदान प्रदान तथा सरसफाइ अभियान

झापा । प्रवासी झापाली सम्पर्क मन्च नेपालले शुक्रवार सुरुङ्गामा दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा सरसफाइ अभियान सम्पन्न गरेको छ।

आज शुक्रबार कनकाई ३ स्थित वडा न ३ को सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियोे। प्रवासी झापाली सम्पर्क मन्च नेपालका अध्यक्ष नेत्र प्रसाईंको सभापतित्व तथा गैरसरकारी सस्था महासघ केन्द्रीय सदस्य एवम् प्रदेश न १ का ईन्चार्ज छविलाल खतिवडाको प्रमुख आतिथ्यता रहेकोे थियोे ।

कार्यक्रममा संविधानसभाका सदस्य प्रेमबहादुर गिरी, कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोख्रेल, कनकाई ३ का अध्यक्ष युवराज चौलागाईं, मन्चका केन्द्रीय सल्लाहकार समितीका संयोजक ज्ञानेन्द्र सुब्ब केन्द्रिय सदस्यहरु बिष्णु बन्जरा, रिता सङ्गग्रौला, टिकाराम पोख्रेल ,लेखनाथ खतिवडा , डम्बर घतानि ,बिवेक बस्नेत, लक्स्मड पाठक, पूर्णप्रसाद सिटौला लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा कनकाई माध्यमिक विध्यालयका बिध्याथ्री हरुले तिहारको सघारमा प्रवासमा रहेका दाजुभाईतथा यहाँ रहेका चेलीबेटीबीच भाईटिका लगाउन नपाएको वेदना सहितको विभिन्न तिहार बिशेश सास्कृतिक कार्यक्रम देखाईएको थियोे ।

कनकाई मा बि कक्षा १२ कि छात्रा सरु मगरले कविता प्रस्तुत गरेको कार्यक्रममा बिभिन्न संघ÷संस्थामा आवद्ध दाजुभाई तथा दिदिबहिनीहरुले खानपिनसहित तिहारको शुभकामना दिएका थिए ।

कार्यक्रममा सहभागी विध्यार्थिहरुलाई प्रसंसापत्र प्रदान गरिएको थियोे ।मन्चका उपाध्यक्ष खगेन्द्र चौलागाईंले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिब मनोज बस्नेतले गर्नुभएको थियो।

यता कार्यक्रमको आयोजना गरिएकाले बिहान सुरुङ्गा बजार, प्राथमिक स्वास्थ्य केन्द्र, वडा न ३ को कार्यलय, कनकाई माबि जाने बाटो लगायत स्थानमा सरसफाइ अभियान समेत गरिएको अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो ।