राजनीति

रघु धिमाल राष्ट्रिय युवा संघ नेपालको प्रदेश कमिटी सदस्यमा मनोनित

मेचीनगर । झापा मेचीनगरका रघुनाथ धिमाल (रघु) राष्ट्रिय युवा संघ नेपाल १ नम्बर प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन् । बिगत लामो समयदेखि नेकपा एमाले तथा त्यससंग संबद्धीत भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा सक्रिय रहेका धिमाललाई १ नम्बर प्रदेश कमिटीको प्रथम बैठकले प्रदेश कमिटी सदस्यमा मनोनित गरेको हो । साथै सोहि बैठकले धिमाललाई झापा Read More…

समाचार

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने

काठमाडाैँ । आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउनेछन् । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा Read More…

समाचार

आज यी प्रदेशमा सार्वजनिक बिदा

झापा । आज (सोमबार) प्रदेश १ र मधेस प्रदेशमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ। ‘पारन दिन’ भनिने कार्तिक शुक्ल सप्तमीका लागि प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।  संघ सरकारले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् हिजो मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन आजसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो। मधेस Read More…

धर्म संस्कृती

उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन गरियो छठ पर्व

झापा । मिथिला क्षेत्रको लोक आस्थाको पर्व छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मंगलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरेका हुन्।  सोमबार बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको Read More…

धर्म संस्कृती

सम्बन्ध विच्छेदले छेकेन पूर्वपतिको काजकिरिया

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ७ की सीता खड्काले सम्बन्ध बिच्छेद गरेका पतिको मृत्युसंस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिनुभएको छ । उहाँका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शब मेचीनगर–१४ Read More…

राजनीति

मतदातासँग गठबन्धनका उम्मेद्वार

मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं १ ले आइतबार मेचीनगर–१५ का विभिन्न टोल तथा बस्तीहरुमा घरदैलो अभियान सञ्चालन गरेको छ । मेचीनगर–१५ को किसन कामत, हेल्दुबारी, वंशल टी स्टेट, कालिका टी स्टेट, पाहान बस्ती, फाँडानी बस्तीमा घरदैलो अभियान चलाइएको हो । प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङसहितको टोलीले घरघरमा पुगेर आफ्नो पक्षमा मत Read More…

राजनीति

जनताका चासो, गुनासो र आशालाई पूरा गर्छौं : एमाले नेता अग्नि खरेल

झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेलले जनताका चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । पुर्व कानुन मन्त्री तथा पुर्व महान्यायाधिवक्ता झापा क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार खरेलले मेचीनगर नगरपालिका १५ स्थित सुकुमबासी बस्ती बिचार्नीमा उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले जनताको पार्टी भएको Read More…

संघ \संस्था

पत्रकार महासंघ झापाको साधारणसभा कात्तिक २५ गते

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा कात्तिक २५ गते शुक्रबार हुने भएको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमितिको बैठकले वार्षिक साधारणसभा २५ गते बिर्तामोडस्थित अतिथि सदनमा ११ बजेबाट गर्ने निर्णय गरेको हो । महासंघको वार्षिक साधारणसभामा सचिव डिकेश लामाबाट सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रञ्जित प्रसाईंबाट आर्थिक Read More…

धर्म संस्कृती

सूर्यदेवको पूजा आराधाना गरी छठ पर्व मनाइँदै

काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको Read More…

विविध

मेचीनगर : सागसब्जीमा आत्मनिर्भर बनाउन निःशुल्क बीउ वितरण

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा किसानलाई सागसब्जीमा आत्मनिर्भर बनाउने उद्देश्यले टोलटोलमै पुगेर निःशुल्क बीउ वितरण सुरु गरिएको छ । मेचीनगर–४ वडा कार्यालयले टोलटोलमै पुगेर वडावासीलाई आजदेखि निःशुल्क बीउ वितरण गर्न सुरु गरेको छ । वडाका २३ वटा टोल संस्थामार्फत वडाध्यक्षसहितका जनप्रतिनिधि आफैँ पुगेर किसानलाई उन्नत जातको बीउ वितरण गरेका हुन् । ‘किसानको हात वडाको साथ’ Read More…