समाचार

आज यी प्रदेशमा सार्वजनिक बिदा

झापा । आज (सोमबार) प्रदेश १ र मधेस प्रदेशमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ। ‘पारन दिन’ भनिने कार्तिक शुक्ल सप्तमीका लागि प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

 संघ सरकारले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् हिजो मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन आजसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो। मधेस क्षेत्रमा छठका लागि दुई दिन बिदा दिनुपर्ने माग उठ्ने गरेको छ।