मेचीनगर, चैत २६ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ का टिकादत्त काफ्लेले आफ्ना बालबालिकाले अध्यायन गरेको विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
मेचीनगर–८ स्थित सालघारीमा रहेको कञ्चनजंघा आधारभुत विद्यालयलाई उनले नगद एक लाख एक हजार रुपैँया सहयोग गरेका छन् । बिहिबार विद्यालय परिसरमा नै पुगेर अभिभावक काफ्लेले विद्यालयका प्रधानाध्यापक घनश्याम पोखरेललाई सो रकम हस्तान्तरण गरेका थिए ।

आफ्ना नानिहरुले अध्यायन गरेको विद्यालयलाई केही सहयोग गर्नु पर्छ, भनेर विद्यालयको भौतिक सुधारका लागि आफुले पनि सकेको सहयोग गरेको टिकादत्त काफ्लेले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थकुमार सुनुवार, पूर्व अध्यक्ष कुन्दन निरौलालगायतको उपस्थिति थियो ।

