चुलाचुली, पुस १५ । उन्नत धान उत्पादन ब्लक चुलाचुलीको धान संकलन गृहको शिलन्यास भएको छ । १२ लाख ३८ हजार लागतमा बन्ने ३ कोठे भवनको एक कार्यक्रमका बिच कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले सो गृहको उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि समेत रहेका कृषि ज्ञान केन्द्र इलामका प्रमुख बर्देवाले उक्त क्षेत्र धान उत्पादनमा राम्रो संभावना रहेको भन्दै कृषकहरू सक्रिय भएर लागेमा आगामीदिनहरूमा पनि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
उन्नत धान उत्पादन ब्लक आयोजना समिति चुलाचुली ले यस आर्थिक बर्षमा २७ लाख १० हजार मुल्य बराबरको कृषि सामग्री तथा कृषि औजारहरू कृषकलाई बितरण गर्ने संयोजक त्रिलोचन गौतमले बताए ।

उद्घाटन कार्यक्रममा कार्यवाहक अध्यक्ष सीता लावती, जग्गादाता तथा समाजसेवी गणेशप्रसाद फागो, मकै सघन बालीबिकास आयोजना समिति सचिब सन्तोष थाम्सुहाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जनचेतना कृषि सहकारी संस्थाका अध्यक्ष खड्गकुमार न्यापौने, कमल खोला सिचाइका उपाध्यक्ष नरेन्द्र न्यौपाने, सल्लाहकार नारायण सिं लावती, वडा सदस्य चम्पा सिं फागो, नेपाल रेडक्रस सोसाइटी कमल इकाई सभापति रामप्रसाद दाहाल, मकै सघन बालीबिकास आयोजना समिति अध्यक्ष लालबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

समितिका संयोजक त्रिलोचन गौतमको अध्यक्षतामा आयोजना भएको शिलन्यास कार्यक्रममा स्वागत छबिलाल दाहाल र सञ्चालन समितिका सचिव सुरेन्द्र भट्टराईले गरेका थिए ।

