संघ \संस्था

बिरेन्द्रनगर जेसीजको अध्यक्षमा कमल लामिछाने निर्वाचित

बाहुण्डाँगी, १५ पुस । बिरेन्द्रनगर जेसीज सुर्खेतको २०२१ को अध्यक्षमा कमल लामिछाने निर्वाचित हुनु भएको छ ।
मंगलवार सम्पन्न शाखाको ४२ औँ वार्षिक साधारणसभाले लामिछानेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।

२०२१ को नवनिर्वाचित टिमसँग अतिथि सामुहिक तस्वीर लिँदै


शाखाको कार्यकारीणी उपाध्यक्षमा शैलेन्द्र पाठक, गणेश राना, उपाध्यक्षहरुमा आकृति राना, बेदप्रसाद चपाइ, रिदजस गिरी र सागर पौडेल निर्वाचित भएका शाखाका २०२० का अध्यक्ष शिवराज घिमिरेले बताउनु भयो । अन्य बाँकी पदहरुमा भने पद हस्तान्तरण समारोहमा गरिनेछ ।


शाखाका अध्यक्ष शिवराज घिमिरेको सभापतित्व तथा शाखाका १९९९ का अध्यक्ष टिकाराम चपाइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वाचन आयुक्त बितिहोत्र बसिष्ठ, पूर्व अध्यक्षहरु श्यामकुमार थापा, बिमल पोखरेल, उपेन्द्र सुवेदी, निशा सुवेदी लगायतको सहभागिता रहेको थियो ।