संघ \संस्था

वीरता लेडी जेसीजको अध्यक्षमा स्वस्तिका आचार्य

बाहुण्डाँगी, १५ पुस । वीरता लेडी जेसीजको २०२१ को शाखा अध्यक्षमा स्वस्तीका आचार्य निर्वाचित हुनु भएको छ । बुधवार सम्पन्न शाखाको १७ वार्षिक साधारणसभाले आचार्यलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।

२०१० मा वीरता लेडीमा प्रवेश गरेकी आचार्यले विभिन्न जिम्मेवारी पुरा गर्दै २०२० मा कानुनी सल्लाहकार हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ झापाकी सदस्य समेत रहनु भएकी आचार्य कुशल कार्यक्रम प्रस्तोता तथा रेडियोकर्मी हुन् ।

२०२१ को नवनिर्वाचित टिम


शाखाको कार्यकारीणी उपाध्यक्षमा युनिता दवाडी, संगीता गिरी, उपाध्यक्षहरुमा रोजिना पाण्डे, मिनु ओली, दिपा सिवाकोटी र अर्चना राउत निर्वाचित हुनु भएको निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष सरु भुर्तेल खनालले बताउनु भयो ।

२०२१ को नवनिर्वाचित टिमसँग सामुहिक तस्वीर लिँदै अतिथिहरु


यसैगरी नवनिर्वाचित अध्यक्ष आचार्यले महासचिवमा हिमा पौडेल, कोषाध्यक्ष झुमा चुडाँल र कानुनी सल्लाहकार संगिता चिमरिया, नजसम्पर्क अधिकारी टिका तिवारी, तालिम संयोजक सेलिसा उप्रेती, शाखा सम्पादक पवित्रा गौत्तम, सहसचिवमा सुर्मिता भट्टराईलाई मनोनित गर्नु भएको छ ।

कार्यक्रममा सहभागि मातृ शाखा वीरता जेसीजका पूर्व अध्यक्षहरु लगायत


शाखाकी अध्यक्ष सुष्मा पौडेलको सभापतित्व तथा वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका २०२० का राष्टिय उपाध्यक्ष विशाल थापा, वीरता जेसीजका पूर्व अध्यक्षहरु एकराज गिरी, राजेन्द्र चम्लगाई, वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरु राधा सुब्बा, नैनाकला भट्टराई, रजनी बजगाई, पार्वता विमली, मिरा बजगाई, सोमा सिवाकोटीलगायतको सहभागिता रहेको थियो ।