संघ \संस्था

पथरी जेसीजको अध्यक्षमा प्रदिप फुयाल

बाहुण्डाँगी, १६ पुस । पथरी जेसीजको अध्यक्षमा प्रदिप फुयाल निर्वाचित हुनु भएको छ ।
हालै सम्पन्न शाखाको दशौँ वार्षिक साधारणसभाले फुयाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा राजकुमार विश्वकर्मा, गोपाल सावा, उपाध्यक्षहरुमा नारायणप्रसाद दाहाल, सविन तामाङ, आविष्कार बस्नेत, उज्जवल लकान्द्री र सचिवमा निरोज बस्नेत निर्वाचत भएका निर्वाचन आयुकत मान दियालीले बताउनु भयो ।
अधिवेशन शाखाका अध्यक्ष सन्तोष ढुङ्गेलको सभापतित्वमा सम्पन्न भएको थियो ।