काठमाण्डौँ, असोज २० । भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको छ, यहि न्यून चापीय प्रणाली र स्थानीइय वायुको प्रभावले नेपालको पुर्वि र मध्य भु–भागमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य बदली भएको छ। हाल देशभर आंशिकदेखि सामान्य वदलीको अवस्था रहेको छ। देशको पूर्वि क्षेत्रका केही स्थानमा हल्का वर्षा भएको छ ।
असोज २० गते (सोमबार) महानवमी
दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज २१ गते (मंगलवार) विजया दशमीको दिन
दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज २२ गते (बुधवार)
दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशभर आंशिकदेखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।