संघ \संस्था

धुलावारी जेसीजको अध्यक्षमा राजिप प्रसाई

बाहुण्डाँगी, पुस १८ । धुलावारी जेसीजको २०२१ को अध्यक्षमा राजिप प्रसाई निर्वाचित हुनु भएको छ ।

शुक्रवार सम्पन्न शाखाको ४२ औँ साधारणसभा तथा शनिवार सम्पन्न निर्वाचन प्रक्रियाबाट प्रसाई अध्यक्षमा निर्वाचित हुनु भएको हो । प्रसाई २०२० को कार्यकालमा महासचिव पदमा रहेर जिम्मेवारी पुरा गर्नु भएको थियो ।

शाखाको कार्यकारीय उपाध्यक्ष रविन्द्र पाठक (रविन), दिनानाथ भट्टराई, उपाध्यक्षहरुमा प्रताप खड्का, निश्चल पौडेल, विनोद थापा र भवेश काफ्ले निर्वाचित भएका निर्वाचन आयुक्त नारायण खनालले बताउनु भयो ।

यसैगरी धुवालारी जुनियर जेसीजको अध्यक्षमा सैलेश गौतम सर्वसम्वत निर्वाचित हुनु भएको निवर्तमान अध्यक्ष केशव पोखरेलले बताउनु भयो ।