खेलकुद

तेस्रो मेचीनगर स्तरीय स्नुकर टुर्नामेन्ट शुक्रबारदेखि

मेचीनगर, पुस २९ । मेचीनगर–६ स्थित काँकरभिट्टामा तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्ट आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता सम्बन्धि जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष बालाजीत राईले प्रतियोगिता सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्ट पहिलो र दोस्रो संस्करण सफलता पुर्वक सम्पन्न गरिसकेको आयोजक ब्ल्याक एड पुल एण्ड क्याफे मेचीनगरले यहि माघ २ गते देखि प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकका अध्यक्ष निमा वाङगेल तामाङ (राजु) ले जानकारी दिए ।

प्रतियोगितामा पूर्व खेलाडीहरु दावा गोम्देन तामाङ, हरि केसी, पासाङ शेर्पा र सचिन श्रेष्ठ मार्करका रुपमा रहनेछन् ।

प्रतियोगितामा मेचीनगरका ३२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले नगदराशी १२ हजार ५ सय, द्धितीयले ६ हजार ५ सय र तृतीयले ३ हजार २ सय रुपैयाँसहित ट्रफी पाउने जनाइएको छ ।

त्यस्तै, टुर्नामेन्ट अफ द प्लेयरले १५ सय र हाई स्कोररले ३१ सय रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिता माघ ५ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।