राजनीति

प्रहरी दमनविरुद्ध नेकपाका नेता भट्टराईको प्रेसनोट

काठमाडौं, माघ १९ । नेकपा प्रचण्ड–नेपाल समुहका विद्यार्थी संगठनले गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ ।

प्रतिनिधि सभा विघटनका विरुद्ध उत्रिएको विद्यार्थी संगठनका नेताहरुलाई नियन्त्रणमा लिएर लाठी चार्ज गरिएको आन्दोलनमा सहभागी विद्यार्थीले जनाएका छन् ।

सोमबार भएको विरोध र्यालीमा विद्यार्थी नेता एवम् अनेरास्ववियूका केन्द्रीय सदस्य प्रसुन कार्कीलाई प्रहरीले कुटपिट गरेको छ । प्रहरीको कुटाईबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ ।

शान्तिपूर्ण बिरोध कार्यक्रममा बल प्रयोग भएको भन्दै नेता आक्रोशित भएका छन् । केन्द्रिय संघर्स समिती सहसंयोजक समेत रहेका नेकपा नेता भट्टराईले सामाजिक सञ्जालमा प्रहरी कदमविद्ध आक्रोश पोख्दै प्रेसनोट निकालेका हुन् ।

उनले लेखेका छन् प्रहरीको कुटाईबाट विद्यार्थी नेता कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न माग गर्दछौ । आन्दोलनकरीहरुमाथि कार्वाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौ ।