झापा, माघ १९ । सरकारले भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा प्रेम गिरीलाई नियुक्ति गरेको छ । सदस्यमा राधा कृष्ण खनाल र मदन अधिकारीलाई नियुक्ति गरेको हो । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ Read More…
Day: February 1, 2021
प्रहरी दमनविरुद्ध नेकपाका नेता भट्टराईको प्रेसनोट
काठमाडौं, माघ १९ । नेकपा प्रचण्ड–नेपाल समुहका विद्यार्थी संगठनले गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रतिनिधि सभा विघटनका विरुद्ध उत्रिएको विद्यार्थी संगठनका नेताहरुलाई नियन्त्रणमा लिएर लाठी चार्ज गरिएको आन्दोलनमा सहभागी विद्यार्थीले जनाएका छन् । सोमबार भएको विरोध र्यालीमा विद्यार्थी नेता एवम् अनेरास्ववियूका केन्द्रीय सदस्य प्रसुन कार्कीलाई प्रहरीले कुटपिट गरेको छ । प्रहरीको कुटाईबाट Read More…
संसद् पुनःस्थापना गरेरै छाड्छौंः डा. कोईराला
इटहरी, माघ १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जसरी पनि संसद् पुनःस्थापना गरेर छाड्ने बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको भातृ संगठनले सुनसरीको इटहरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन नसकेर संसद्लाई दलीय झगडाको ढाल बनाएर महाभुल गरेको तर्क गरे। Read More…
नेकपा झापा जिल्ला कमिटीमा ४ सय ४२ जना थपिए
झापा, माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला सदस्य थप गरेको छ । सोमवार विर्तामोडमा आयोजित चौथो पूर्ण बैठकबाट सदस्यहरु थप गरेको हो । १ सय ७७ सदस्यीय जिल्ला कमिटीमा ४ सय ४२ जना थप गरेर ६ सय १ पुर्याईएको छ । चौथो बैठकबाट थप भएका जिल्ला सदस्यहरु राजु कार्की, उमेश खतिवडा, राजु Read More…
तुलसीपुरनगरका अध्यक्ष नारायण भट्राईद्धारा जन्मदिनमा विद्यार्थीलाई खाद्यन्न वितरण
बाहुण्डाँगी, १९ माघ । तुल्सिपुरनगर जेसिज बर्ष २०२१ का अध्यक्ष नारायण भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तुल्सिपुर(५ स्थित जनश्रम प्रा.बि.गैरापातुका अति बिपन्न ३५ जना बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री र बिद्यालयलाई विभिन्न खेलकुदका सामाग्री एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरेका छन। हरेक बर्षका जन्मदिनमा बिशेष सामाजिक काम गर्दै आयका भट्टराईले उक्त बिद्यालयका बिपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पुगोस् तथा Read More…
धनगढीमा अबको नेतृत्व कमल पनेरुलाई
बाहुण्डाँगी १९ माघ । धनगढी जेसीजका पदाधिकारीले पदस्थापन गरेका छन् । जेसीजको ३८ औँ शाखा अधिवेनमा निर्वाचित अध्यक्ष लगायतका कार्य समितिका पदाधिकारीको शनिवार पदस्थापन गरिएको हो । वर्ष २०२१ का अध्यक्ष कमल पनेरुलाई २०२० का अध्यक्ष श्याम पाठकले जेसीज चेन हस्तान्तरण गर्दै आफ्नो कार्यकाल पनेरुलाई सुम्पेका थिए । साथै निवर्तमान बन्दै गरेका पाठकले नवनिर्वाचित अध्यक्ष Read More…
बर्दघाट जेसीजको अध्यक्षमा गणेश न्यौपाने
बाहुण्डाँगी १९ माघ । बर्दघाट जेसीजका लागि २०२१ को अध्यक्षमा गणेश न्यौपाने निर्वाचित भएका छन् । शाखाको हालै सम्पन्न दोस्रो साधारणसभा तथा पहिलो शाखा अधिवेशनले न्यौपानेलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेका हुन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा रमेश बस्याल र खगेन्द्र अर्याल (राजु) उपाध्यक्षहरुमा विक्रम पौडेल, मोहन सापकोटा, खुमन बस्याल र दिनेश पाण्डे निर्वाचित भएका शाखाका संस्थापक Read More…
झापामा आगलागी हुँदा एक जनाको जलेर मृत्यु, लाखौं रुपैयाँ बराबरको धनमालको क्षति
झापा, माघ १९ । झापाको कचनकवल गाउँपालिका १ घेराबारीमा एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। घेरावारी नेमुबाडी गाउँका गोबर्धन राजवंशीको घरमा राति १२ बजे आगलागी भएको स्थानीयबासीले बताए। आगोबाट जलेर राजवंशीको मृत्यु भएको स्थानीयबासी नवराज भट्टराईले जानकारी दिए। आगोमा परि चौपाया पनि जलेर मरेका उनले बताए। घरमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल Read More…
कांग्रेसका १३ भ्रातृ संगठनले आज देशभर प्रदर्शन गर्दै
काठमाडौं, माघ १९ । नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। १३ भातृ संगठनहरूले आइतबार सयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका हुन् । कांग्रेसको माघ १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त Read More…
पशुपतिनाथमा एक अर्बको सुनको जलप लगाइने
काठमाडौं, माघ १९ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान Read More…










