बाहुण्डाँगी १९ माघ । धनगढी जेसीजका पदाधिकारीले पदस्थापन गरेका छन् । जेसीजको ३८ औँ शाखा अधिवेनमा निर्वाचित अध्यक्ष लगायतका कार्य समितिका पदाधिकारीको शनिवार पदस्थापन गरिएको हो ।
वर्ष २०२१ का अध्यक्ष कमल पनेरुलाई २०२० का अध्यक्ष श्याम पाठकले जेसीज चेन हस्तान्तरण गर्दै आफ्नो कार्यकाल पनेरुलाई सुम्पेका थिए । साथै निवर्तमान बन्दै गरेका पाठकले नवनिर्वाचित अध्यक्ष पनेरुलाई सपथ ग्रहण गराएका थिए । यस अघि भएको निर्वाचनबाट निर्वाचित भएका कार्यकारणी उपाध्यक्षमा मोहनराज ओझा र लोकरज भट्ट, उपाध्यक्ष्यमा योगेन्द्र बम, गणेश शाही, पदम सिँह बलायर, भरत जोशी तथा मनोनित बनेका महासचिवमा अर्जुन सिँह, कोषाध्यध्यमा तर्कराज भट्ट, कानुनी सल्लाहकारमा मुकुन्द सिँह, तालिम आयुक्तमा भुवन पाण्डेले पदभार ग्रहण गरेका हुन् ।

शाखा सम्पादकमा यज्ञराज जोशी, बृद्धी संयोजकमा नरेश धामी, जनसम्पर्क अधिकारीमा महेश्वर ओझा, प्रकरण निर्देशकमा यज्ञराज अवस्थी, सचिवमा जर्नादन बम, सहकोषाध्यध्यमा चन्द्रकान्त पनेरु, कोष बृद्धी संयोजकमा मनिश कुवर, सीप विकास संयोजकमा गिरीराज भण्डारी, पर्यटन तथा आथित्य सँयोजकमा अवेश चन्द, युवा सँयोजकमा ललित बम, एनजिओ आइएनजिओ सँयोजकमा आशिष शाह, स्वास्थ्य तथा वातावरण संयोजकमा दिपक गौतम, खेलकुद संयोजकमा दिपेन्द्र बिष्ट, व्यापार सँयोजकमा कमल बडु र सुचना प्रविधी संयोजकमा ज्ञानेन्द्र साउदले पदभार ग्रहण गरेका छन् । उनीहरुलाई अध्यक्ष पनेरुले सपथ ग्रहण गराएका थिए ।

२०२० लाई उत्कृष्ट नेतृत्व गरेका पाठकले अध्यक्षको अन्तिम मन्तव्य दिँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । साथै उनले आफुले जेसीज यात्रामा यस वर्ष पाएको माया, सदभाव र उर्जाले आगामी दिनमा अझ अघि लैजान सहयोग गरेको बताए ।
कार्यक्रममा काँगे्रस नेता रमेश लेखक, धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र उपमेयर सुशीला मिश्र भट्टको समेत उपस्थिती थियो । धनगढी जेसिजको वर्ष २०२१ को नेतृत्वका लागि कमल पनेरु र सुरज गिरीको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । निर्बाचनमा कमल पनेरुको प्यानलका अधिकांश पदाधिकारी निर्बाचित भएका थिए ।

