संघ \संस्था

तुलसीपुरनगरका अध्यक्ष नारायण भट्राईद्धारा जन्मदिनमा विद्यार्थीलाई खाद्यन्न वितरण

बाहुण्डाँगी, १९ माघ । तुल्सिपुरनगर जेसिज बर्ष २०२१ का अध्यक्ष नारायण भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तुल्सिपुर(५ स्थित जनश्रम प्रा.बि.गैरापातुका अति बिपन्न ३५ जना बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री र बिद्यालयलाई विभिन्न खेलकुदका सामाग्री एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरेका छन। हरेक बर्षका जन्मदिनमा बिशेष सामाजिक काम गर्दै आयका भट्टराईले उक्त बिद्यालयका बिपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पुगोस् तथा खेलकुद मार्फत बिद्यार्थीहरुको प्रतिभा प्रस्पुटन होस भनेर सहयोग गरेको बताय।

आगामी दिनमा पनि उक्त बिद्यालयको शैक्षिक स्त्तर माथि उठाउन विशेष भुमिका खेल्ने प्रतिबद्धता पनि गरेका छन । बिद्यालय कि प्र।अ। शुशिला भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुल्सिपुरनगर जेसिजका पुर्ब अध्यक्षहरु जेसि मेघराज घिमिरे, जेसि दिपेस भण्डारी , जेसि बिमल कुमार पौडेलले सुभकामना दिनुभएको थियो कार्यक्रमको सहजीकरण बोर्ड सल्लाहकार तथा शिक्षक एकराज भण्डारीले गर्नुभएको थियो ।