बाहुण्डाँगी १९ माघ । बर्दघाट जेसीजका लागि २०२१ को अध्यक्षमा गणेश न्यौपाने निर्वाचित भएका छन् । शाखाको हालै सम्पन्न दोस्रो साधारणसभा तथा पहिलो शाखा अधिवेशनले न्यौपानेलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेका हुन् ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा रमेश बस्याल र खगेन्द्र अर्याल (राजु) उपाध्यक्षहरुमा विक्रम पौडेल, मोहन सापकोटा, खुमन बस्याल र दिनेश पाण्डे निर्वाचित भएका शाखाका संस्थापक अध्यक्ष राजु न्यौपानेले बताउनु भयो ।

