मेचीनगर, जेठ ७ । ढुंगा गिटी र बलुवाको बिषयले मेचीनगर नगरपालिका आलोचित बन्दै गएपछि नगर प्रमुख बिमल आचार्यले यस बिषयमा चाँडै वास्तविक कुरा सार्वजनिक गर्ने बताएका छन् । बिहीवार नगरको सभाकक्षमा पत्रकार सम्मेलन गरी नदीजन्य पदार्थ (ढुंगा र बालुवा) विक्रीमा भएको अनियमितताको छानविन भइरहेको र चाडै वास्तविक कुरा सार्वजनिक गरिने नगरप्रमुख आचार्यले बताए । पत्रकार Read More…
Day: May 21, 2021
देउवाद्वारा प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश
काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् । उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् । शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको Read More…
ढुङ्गा–बालुवा उत्खनन्: जनप्रतिनिधिले नै राजस्वमा अनियमितता गरेको आशंका
झापा, जेठ ७ । झापाको मेचीनगर नगरपालिकाले मेची र निन्दा नदीमा ढुङ्गा–बालुवा उत्खनन्बाट सङ्कलन गरेको राजस्वमा अनियमितता भएको आशङ्का छ । यस आर्थिक वर्षको कर सङ्कलनका लागि मेचीनगरले कर्मचारी खटाउनुको साटो वडा नं. १० का अध्यक्ष सुदय पनेरु र दुई जना कार्यपालिका सदस्य टिका मग्राती र कृष्ण कनाललाई जिम्मेवारी दिएको थियो । विगतमा नगरले ठेक्का Read More…
निःशुल्क खाना वितरण गर्दै जेसीआई सिद्धार्थ, नेपाल
बाहुण्डाँगी । “ मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो ू भन्ने जेसीजको मूल मन्त्र लाई अंगिकार गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको जेसीआई सिद्धार्थ, नेपालले निषेधाज्ञा जारी भएपछि विभिन्न रचनात्मक कार्यलाई तीव्रता दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि जेसीजले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण, विरामीलाई उपचारका Read More…
सुरुङ्गा जेसिजद्धारा प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान
बाहुण्डाँगी । कोभिडको यो दोस्रो चरणमा अग्रभागमा खटिरहने इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरीलाई सुरुङ्गा जेसिजले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । डयुटीका प्रहरीलाई सुरुङ्गा जेसिजकी अध्यक्ष यदुका उप्रेती, निर्वतमान अध्यक्ष त्रिलोचन उप्रेतीले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायक निरिक्षक उदयसंम्सेर जबरालाई ५ सय पिस मास्क, ५ लिटर सेनेटाइजर, २० थान फेस सिट,र १०० थान Read More…
बादल पराजित भएपछि एमालेको विवाद उत्कर्षमा
काठमाडौं, जेठ ७ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा (बादल) पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ। उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए। थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको Read More…
अब नेपाली नागरिकले पनि चार्टर उडानबाट विदेश जान पाउने
काठमाडौं, जेठ ७ । अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट Read More…
पिकअपको ठक्करबाट झापामा पैदलयात्रीको घटनास्थलमै मृत्यु
झापा, जेठ ७ । पिकअप भेनले ठक्कर दिदा झापामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । कमल गाँउपालिकामा-३ सानो केर्खा स्थित पूर्व पश्चिम राजमार्गमा बिहिवार बेलुका करिब ८:४५ बजे पश्चिमबाट पूर्वतर्फ आउदैं गरेकाे पिकअपले ठक्कर दिदा सोही तर्फ जाँदै गरेका अदबैशे ती पुरूषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको Read More…








