अन्य

निःशुल्क खाना वितरण गर्दै जेसीआई सिद्धार्थ, नेपाल

बाहुण्डाँगी । “ मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो ू भन्ने जेसीजको मूल मन्त्र लाई अंगिकार गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको जेसीआई सिद्धार्थ, नेपालले निषेधाज्ञा जारी भएपछि विभिन्न रचनात्मक कार्यलाई तीव्रता दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि जेसीजले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण, विरामीलाई उपचारका लागि सहयोग, बाल आश्रममा खाद्यान्न सामग्री वितरण जस्ता कार्यक्रम गरेको छ ।

सोही क्रममा संस्थाले बिहीबारदेखि भैरहवामा विरामीहरुको लागि निःशुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा तथा सिद्धार्थ बसपार्कस्थित सिद्धार्थनगर नगरपालिकाले बनाएको आइसोलेशन सेन्टरमा उपचाररत विरामी तथा विरामी कुरुवाहरुलाई लक्षित गर्दै खाना वितरण सुरु गरिएको जेसीआई सिद्धार्थ २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए ।
कार्यक्रममा पुर्व अध्यक्ष ज्युहरु जेसीआई सीनेटर दिपेन्द्र मान श्रेष्ठ , जेसीआई सीनेटर सुशील गुरुङ , जेसीआई सीनेटर संगम न्यौपाने , जेसीआई सीनेटर सुमन शर्मा तथा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रीय उपाध्यक्ष तथा सिद्धार्थ जेसीजका वर्तमान कानुनी सल्लाहकार सीनेटर राकेश गुरुङ तथा जेसीजका साथीहरू सामाजिक दुरि कायम गर्दै उपस्थिति भई सो निःशुल्क खाना वितरण कार्यक्रम सम्पन्न गरिएको महासचिव सागर पोखरेलले बताए ।
नोट ःउक्त कार्यक्रमलाई निरन्तरता दिइनेछ ।।