झापा, जेठ ७ । पिकअप भेनले ठक्कर दिदा झापामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
कमल गाँउपालिकामा-३ सानो केर्खा स्थित पूर्व पश्चिम राजमार्गमा बिहिवार बेलुका करिब ८:४५ बजे पश्चिमबाट पूर्वतर्फ आउदैं गरेकाे पिकअपले ठक्कर दिदा सोही तर्फ जाँदै गरेका अदबैशे ती पुरूषको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुशासन भईरहेको केर्खा प्रहरी चौकीका प्रमुख असई राजेश श्रेष्ठले जानकारी दिए ।

