काठमाडौं, जेठ ७ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा (बादल) पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ।
उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए।
थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ।
एमाले ओली समुहबाट सूर्य चिन्ह सहित उम्मेदवार भएका बादललई नेपाल समूहले हराएको हुन् । यसले एमाले र सूर्य चिन्हकै अपमान भएको एमाले ओली समुहको निस्कर्स पुगेको हो ।

