झापा, साउन २१ । झापामा घरको पर्खाल भत्काउने क्रममा सोही पर्खालले किचेर एकजनाको मृत्यु भएको छ ।
झापा गाउँपालिका २ झापा बजार बस्ने विकास अग्रवालको घर भत्काउने क्रममा मिस्त्री काम गर्ने सोही ठाउँका ३५ वर्षीय रुपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको हो ।
बिहीबार बिहान ९ बजे घरको वाल भत्काउने क्रममा अचानक घरको वाल ढल्दा सोही वालले किचेर सिंह घाइते भएका थिए ।
उनलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड लगेकोमा उपचार हुन नसकी थप उपचारको लागि बिएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो ।
लास अस्पतालमै रहेको र कानुनी प्रक्रिया तथा बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

