अन्य

एरिया बि सम्मेलनको तिब्र तयारी, रजिष्ट्रेशन खुल्ला

बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ख सम्मेलनके तिब्र तयारी भइरहेको छ । गोर्खा जेसीजको आतिथ्यतामा भदौ ३ र ४ गते सञ्चालन हुने सम्मेलनका लागि हरेक क्षेत्रका कामहरु धमाधम भइरहेक छन् । क्षेत्र ख का ३९ वटा शाखाका करिब ५ सय जेसीजकर्मीहरुको सहभागिता रहने सम्मेलनमा सहभागि हुन आउने सदस्यहरुका लागि कुनै कुरामा कमि नहोस भन्ने उदेश्यले शाखाले तयारी धमाधम गरिरहेको छ ।


सम्मेलन आउन करिब २० दिन बाँकी रहँदा क्षेत्र ख का निरुपित कार्यकारीणी उपाध्यक्ष सुनिल तिम्सिना, गोर्खा जेसीजका लागि निरुपित उपाध्यक्ष रश्मि बस्नेत र क्षेत्र ख का उपाध्यक्ष कृष्ण श्रेष्ठ सम्मेलन तयारीका लागि गोर्खा पुगेर त्यहाँको तयारीका बारेमा जानकारी सहित आवश्यक सल्लाह सुझाव राख्नु भएको थियो । सम्मेलनको सचिवालयमा आयोजित भेलामा आतिथ्यता शाखाका अध्यक्ष शैलेन्द्र भट्टले अहिलेसम्मको तयारी र अब गर्नु पर्ने कामका बारेमा जानकारी गराउनु भएको थियो । निरुपित कार्यकारीणी उपाध्यक्ष तिम्सिनाले सम्मेलनलाई ऐतिहासिक बनाउन सबैले सबै क्षेत्रबाट साथ र सहयोगको भावनाले अघि बढ्न आग्रह गर्नु भएको थियो । उहाँले भन्नु भयो, गोर्खा आफैमा ऐतिहासिक र धार्मिक जिल्ला हो, यहाँ हुन लागेको सम्मेलनलाई ऐतिहासिक बनाउनु हाम्रो कर्तव्य भएकाले यस क्षेत्रमा भएका सबै शाखाहरुको उत्तिकै जिम्मेवारी भएको बताउनु भयो ।


यो भन्दा अघि ३ वटा क्षेत्रीय सम्मेलन उत्कृष्ट रुपमा सम्पन्न गरेको गोर्खा जेसीजले यो सम्मेलनलाई अझ उचाइमा लैजाने तयारीका साथ लागेको निवर्तमान अध्यक्ष प्रविण बस्नेतले बताउनु भयो । सन १९९३, १९९८ र २०११ मा सम्मेलनको आतिथ्यता गरिसकेको नि. अध्यक्ष बस्नेतले बताउनु भयो ।
सम्मेनलका लागि १५ वटा उपसमिति निर्माण गरिएको छ भने उपसमितिले दैनिक रुपमा आफ्नो उपसमितिमा भएका प्रगतिहरुलाई रिपोर्ट बुझाउने गरेका छन् । मिलनसिंह बस्नेतलाई अर्थ संकलन, अतिथि सत्कारमा प्रविण बस्नेत, कार्यक्रम समुद्घाटनमा सुजित क्षेष्ठ, खाना व्यवस्थापनमा सोम श्रेष्ठ, आवासमा दिनेश दानी, किट व्यागमा सुमन गुरुङ, स्मारिका तथा प्रचारमा बुद्धि जोगी, मनोरञ्जनमा निरज कडेल, स्वास्थ्यमा संगमबाबु श्रेष्ठ, नगर श्रृगारमा रुबेन कुँवर, यातायातमा ऋषी श्रेष्ठ, स्वयमसेवकमा प्रमोदजंग बस्नेत, रजिष्ट्रेशन राजेश श्रेष्ठ र शान्ति पदयात्रामा अस्बिन ढुङ्गानालाई जिम्मेवारी प्रदान गरिएको क्षेत्र ख का उपाध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनु भयो । सम्मेलनका लागि भगवानबाबु मास्केलाई निर्देशकको जिम्मेवारी प्रदान गरिएको छ ।
यसैगरी सम्मेलनका लागि रजिष्ट्रेशन समेत खुल्ला गरिएको छ । शाखाले तोकेको रकम सम्बन्धित शाखाले समयमै प्रि रजिष्ट्रेशन गरेर सम्मेलन सफल बनाउन सहयोग गर्न शाखाले आग्रह समेत गरेको छ ।