संघ \संस्था

सुरुङ्गामा १८ गतेबाट प्रशिक्षक प्रशिश्रण (TOT) तालिम सुरु

बाहुण्डाँगी । नेपाल जेसीजले हरेक वर्ष सञ्चालन गर्दै आएको बार्षिक कार्यक्रम प्रशिक्षक प्रशिश्रण (TOT)  तालिम यो वर्ष सुरुङ्गामा साउन १८ गतेदेखि सञ्चालन हुँदैछ । सुरुङ्गा जेसीजको आथित्यतामा हुने तालिममा ४० जना प्रशिक्षार्थीको सहभागिता हुने आतिथ्यता शाखाकी अध्यक्ष सुस्मा न्यौपानेले बताउनु भयो । उक्त तालिमका लागि नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तिर्थ पौडेल प्रमुख प्रशिश्रक, धरान जेसीजका पूर्व अध्यक्ष मोहन श्रेष्ठ र विराटनगर जेसीजका पूर्व अध्यक्ष सेवक बजगाई प्रशिश्रक रहनु भएको छ । शाखाका तालिम संयोजक रिसव चहारले तालिममा सहभागि हुन धेरैले इच्छा जाहेर गरे पनि निश्चित संख्यामा गर्नु पर्ने र धेरै भएमा प्रभावकारिता नहुने भएकाले धेरै साथीहरुलाई सहभागि गराउन नसकिएका् बताउनु भयो ।
तालिममा सहभागि हुन देशभरका जेसीज शाखाका अध्यक्ष तथा पदाधिकारी सुरुङ्गा आउनेछन् । तालिम सुरुङ्गामा हालैबाट सञ्चालनमा आएको लोटस रिसोर्टमा हुनेछ । तालिमको पूर्व तयारीका लागि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले बिहिवार स्थलगत अवलोकन समेत गर्नु भएको छ ।