अन्य

युवाको आत्मानिर्भरका लागि रजहरको विद्युत वायरिङ्ग तालिम

बाहुण्डाँगी । रजहर जेसीजको आयोजना र आयूसा ट्रेडलिङ्कस प्रा लिको प्रायोजनमा एक दिने इलेक्ट्रिकल्स वायरिङ्ग तालिम सम्पन्न भएको छ ।
यूवाको स्वरोजगार र आत्मनिर्भरताका लागि कम्तिमा पनि आफ्नो घरमा स्विच , चुँडेकोतार जोड्न सक्ने बन्न, स्विच होल्डर परिवर्तन गर्न सक्ने बन्नका लागि हो , इलेक्ट्रिकल्स सामाग्रिहरु चलाउदा अपनाउनु पर्ने सेफ्टिका बारेमा बुझ्नका लागि हो, हाम्रो घरमा धारा छ धारा बाट तप तप पानी चुहिरहेको छ यसका लागि हामिले नै टेपको सहायताले चुहिननदिन र भाँचियको भय भाँचियको भागलाइ कसरी सजिलै हामी आफै निकाल्न सक्छौ भन्ने उदेश्यका साथ तालिम प्रदान गरिएको थियो ।


शाखाका अध्यक्ष ईश्वर लोहोनको सभापतित्व तथा सामुदायीक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्त बहादुर क्षेत्रीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा े प्राकृतिक सामुदायीक चिकित्सालयका ब्यबस्थापक हरि सापकोटा, आयुसा ट्रेडलिङ्क प्रा लि का डाइरेक्टर योगेश चौधरी, प्रशिक्षक े राजेन्द्र लामिछाने, शिवसक्ति राइस एण्ड आयल मिलका प्रो श्री कृष्ण बहादुर लोहनीलगायतको उपस्थितिमा तालिम सम्पन्न भएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।