बाहुण्डाँगी । बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम जारी रहेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज बुधबार आशा फाउन्डेसन नामक संस्थालाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । हेटौंडा ७ कमानेमा रहेको आशा फाउन्डेसनलाई एक कार्यक्रमका बीच खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरिएको कार्यक्रम संयोजक पर्मेश्वर पौडेलले बताए ।
बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षता तथा बसामाडी जेसीज २०२२ का सल्लाहकार एंव कांग्रेस नेता अशोक शाक्यको प्रमुख अतिथ्यता रहेको थियो ।
जेसीजले आशा फाउन्डेसनका व्यवस्थापक बालकृष्ण चौलागाईलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा बसामाडी जेसीजका पूर्व अधयक्ष सरोज अधिकारी तथा पदाधिकारी एंव सदस्यहरुको उपस्थिती रहेको थियो ।
भोली विहीबार भीमफेदी बजारमा रहेको बाल मन्दिरमा शैक्षिक सामाग्री र खेलकुदका सामाग्री वितरण गर्ने कार्यक्रम रहेको महासचिव जनक शर्माले बताए । साउन १३ गते बसामाडीमा रहेको महेन्द्र किरण माविमा लागूऔषध दुव्र्यवसन विरुद्धको सचेतना कार्यक्रम तथा होडिङ बोर्ड स्थापना कार्यक्रम र १४ गते जेसीज सप्ताह समापन र पुरस्कार वितरण कार्यक्रम रहेको मूल कार्यक्रम संयोजक सुरज डंगोलले बताए ।

