बाहुण्डाँगी । रजहर जेसीजको समन्वयमा किसानसँग असार १५ भन्ने नाराका साथ १९ औँ राष्ट्रिय धान दिवश मनाएको छ । बुधवार
रजहर जेसिजको सह आयोजनामा देवचुली नगरपालिका वडा न. १७ पिप्रहरमा रहेको नारायणि कृषि तरकारी बालि, कृषक समुह र देवचुली नगरपालिका कृषि बिकाश समुहको आयोजनामा उक्त धान रोपाई सम्पन्न भएको हो । उक्त कार्यक्रमका सहभागिलाई हिले दौडको समेत आयोजना गरिएको थियो ।

संविधान सभा सदस्य कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्र न्यौपाने, नगर उप प्रमुख पार्वता तिवारीको विशेष आतिथ्यतामा राष्ट्रिय धान दिवस सम्पन्न भएको शाखाका अध्यक्ष इश्वर लोहनीले बताउनु भयो ।

साथै देवचुलि न पा वडा न ४ र वडा न १३ का वडा अध्यक्ष, विभिन्न संस्थाहरुका प्रतिनिधि, रजहर जेसिजका पदाधिकारी, देवचुलि जेसीजका अध्यक्ष, रजहर लायन्स सिटि , श्री बरचुलि मा बि भेटेरिनेरि प्राबिधिक धार समेतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रजहर जेसिजका महासचिव प्रदिप अधिकारीले गर्नु भएको थियो । कार्यक्रमा हिलो दौड र रोपाइ खेलमा प्रथम हुनुहुने हरुलाइ बरचुलि मा बि प्रबिधिक धारले पुरस्कार को ब्यवस्था समेत गरेको थियो ।

