इटाभट्टा । मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेडको आयोजनामा रोपाई कार्यक्रम सम्पन्न भएको छ ।
१९ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर सहकारीद्धारा सञ्चालित पोष्ट हार्बेष्टको विउ बिजनबाट उत्पदान भएको बिउको रोपाई गरिएको हो ।

संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व तथा मेचीनगर ५ का वडा अध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थामा लामो समयदेखि रहेका अगुवा किसान तथा स्थानीय किसानहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

संस्थाका उपाध्यक्ष तथा पोष्ट हार्बेष्टका संयोजक दुर्गाप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख दिपक काफ्लेले गर्नु भएको थियो ।


