नरेन इलामेली
इलाम, साउन १५ । ईलामको सुर्योदय नगरपालिका ८ मालुम स्थितमा रहेको रक्तकालि टि ईस्टेट प्रा.लि.मा आगलागी हुँदा तीन करोड रुपैया बराबरको क्षति भएको छ ।
शुक्रबार विहान (करिब रातको एक बजे) विद्युत सर्ट भई आगलागी हँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीको जानकारी प्रहरी चौकी फिक्कलमा प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी फिक्कलबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोलि खटि गई स्थानियवासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सुर्योदय नगरपालिकाको दमकलको सहायतामा तीन घण्टा पछि आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
उक्त आगलागीबाट कारखानको टिनको छाना, टिनको बेरा भएको भवन, भवन भित्र रहेको चिया बनाउने ६ वटा मेसिन, स्टक चिया , चिया बनाउने कच्चा पदार्थ समेत पुर्ण रुपमा जलि अन्दाजी मूल्य रु तीन करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

